उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - अमेरिकाले पाँच वर्षमा अस्त्र व्यापारको बजार हिस्सा बढाएर ३७ प्रतिशत पुर्याएको स्वीडेनको अनुसन्धान संस्था स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट सीप्रीले जनाएको छ।
बजार हिस्सा बढाएको अमेरिकाले ९६ देशमा आफूले उत्पादन गरेका अस्त्रशस्त्र पठाइरहेको छ । त्यस्तै फ्रान्सको ४४ र जर्मनीको २१ प्रतिशतले अस्त्र निर्यात बढेको छ । रुस र चीनबाट निर्यात घटेका बेला अमेरिका, फ्रान्स र जर्मनीले आफ्नो अस्त्र निर्यात बढाएका हुन् ।
हतियारको आयात र निर्यात शीतयुद्ध अन्त्य भएपछि अहिले उच्चबिन्दुमा पुगेको अनुसन्धान संस्थाको दाबी छ । सन् २०२० मा कोरोना महामारी उत्कर्षमा पुगेको बेलामा समेत केही देशहरूले अस्त्र किन्ने ठूला सम्झौता गरेका विवरण सङ्कलन गरेको संस्था सीप्रीका वरिष्ठ अध्ययनकर्ता पिटर वेजेमनले बताउनुभएको बीबीसीको खबरमा उल्लेख छ ।
भारत, अस्ट्रेलिया, पाकिस्तान, साउदी अरब अस्त्र आयातकर्तामध्येका ठूला देशमा पर्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।