शाेक प्रस्ताव पारित गर्दै सकियाे प्रतिनिधि सभा बैठक, अर्काे बैठक चैत ६ गते

 चैत ३, २०७७ मंगलबार १३:३६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको मङ्गलवारकाे बैैठकले तत्कालीन संविधान सभा सदस्य दिनेशचन्द्र यादवकाे निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएकाे छ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवकाे निधनमा प्रस्तुत गर्नुभएको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । 

बैठकमा यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै  एक मिनेट मौनधारण गरिएको थियो । उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ ।

उहाँ विसं २०७० को संविधान सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुहुन्थ्यो । यादवको ७५ वर्षकाे उमेरमा गएकाे माघ १ गते निधन भएको थियो । 

प्रतिनिधि सभाको अर्को बैठक यही चैत ६ गते दिउँसाे १ बजे बस्नेछ । 

प्रतिनिधि सभाको मङ्गलवारकाे बैठकले सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम पनि मनोनयन गरेको छ ।

सभामुखका अनुपस्थितिमा डा. डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधि सभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया