तत्काल अविश्वास प्रस्ताव पेस गर्दैनाैँ, प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्छ : माओवादी केन्द्र

पार्टीको विधान संशोधनका लागि प्रमुख सचेतक गुरुङको नेतृत्वमा तीन सदस्यीय समिति गठन

 चैत ३, २०७७ मंगलबार १४:४३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । मङ्गलवार बिहान बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालिएको जानकारी गराउनुभयो । 

सर्वोच्च अदालतले नै कदम असंवैधानिक ठहर गरिदिएकाले तत्काल अविश्वासको प्रस्तावमार्फत हटाउने भन्दा पनि प्रधानमन्त्री ओलीले नै तत्काल राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निर्णय रहेको छ । यस्तै बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णयसमेत गरेको छ । त्यस्तै माओवादीका ६ जना सांसद अर्को दलमा गएको भन्ने विषयमा आफ्नो धारणा पेस गर्न पत्राचार गर्ने निर्णय भएको प्रमुख सचेतक गुरुङले बताउनुभयो । 

बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता र देव गुरुङलाई मुख्य सचेतकमा कायमै राख्ने निर्णय गरेको छ । बैठकमा संसदीय दलका नेता प्रचण्डले राजनीतिक घटनाक्रममा बारेमा जानकारी गराउनुभएको थियो । 

यस्तै बैठकले पार्टीको विधान संशाेधनका लागि तीन सदस्यीय समिति बनाएको छ । प्रमुख सचेतक गुरुङ संयोजक रहने समितिको सदस्यमा रामनारायण बिडारी र रेखा शर्मा रहने माओवादी नेतृ पम्फा भुसालले उज्यालाेलाई जानकारी दिनुभयो । 

सर्वोच्च अदालतको फैसलाले नेकपा माओवादी केन्द्र बिउँतिएकाेले विधानमा केही विषय फेरबदल गर्नुपर्ने हुँदा त्यसकाे कसरतका लागि तीन सदस्यीय कार्यसमिति बनाइएको नेतृ भुसालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया