धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाउनुभएको सर्वदलीय बैठकमा नेताहरूबीच घोचपेच भएको छ । राष्ट्रपति भण्डारीले आफ्नो बङ्गलादेश भ्रमणको पूर्वसन्ध्यामा दलका नेताहरूलाई बोलाएर छलफल गर्ने र चियापानको कार्यक्रम राख्नुभएको थियो ।
बैठकमा प्रधानमन्त्री ओलीले संसद् विघटनको निर्णय ठिक रहेको जिकिर गरेको र अहिले संसद् बैठक चल्न नसक्नुले आफ्नो कदम ठिक साबित भएको बताएको राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले उज्यालोलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले छिटो भन्दा छिटो चुनावमा जानुपर्ने कुरालाई पटक–पटक जोड दिनुभएको थियो । तर नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायतका दलका नेताहरूले राष्ट्रपति भण्डारीकै सामुन्ने प्रधानमन्त्रीले प्रतिगमनको बाटो रोजेको र अदालतले त्यसलाई असफल बनाइदिएको बताएकाे बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
प्रधानमन्त्रीले संविधान र लोकतन्त्र नमानेको दलका नेताहरूले आरोप लगाएका थिए । बैठकमा राष्ट्रपतिले आफू संविधान र लोकतन्त्रको संरक्षक भएकाले सरकारले गरेका सिफारिस पारित गर्नु आफ्नो कर्तव्य हुन आउने बताउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।