कांग्रेस नेता नवीन्द्रराज जोशीको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ : परिवार

 चैत ४, २०७७ बुधबार ७:३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मस्तिष्कघात भइ नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको परिवारका सदस्यले बताएका छन् ।

अस्पताल र परिवारका सदस्यले पुष्टि नगरिकन केही सञ्चारमाध्यमले उहाँको बारेमा अनावश्यक खबर छापेका दाजु राजुराज जोशीले बताउनुभयो । राजुराज जोशीले भन्नुभयो–‘सञ्चारमाध्यममा हामीले पुष्टि नगरेको खबर आयो, यो गलत हो । उहाँको अहिले पनि भेन्टिलेरटमा नै राखेर उपचार भइरहेको छ ।’

नवीन्द्रराज जोशीकाे स्वास्थ्य अवस्था भने जटिल छ । उहाँका सहयोगी पुष्कर पाण्डेले जोशीको स्वास्थ्य गम्भीर रहेको तर बाहिर हल्ला आए जस्तो नभएको बताउनुभयो । जोशीको मस्तिष्कमा समस्या भएको, प्रेसर लो भएको तथा फोक्सो र मुटुको चाल अहिलेसम्म स्थिर रहेको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताउनु भएको छ ।

गएको फागुन १४ गतेदेखि नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार आउन सकेको छैन । उहाँकाे अवस्थाबारे जानकारी दिन अस्पतालले आज दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।  
 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया