माधव नेपाल पक्ष भन्छ, ‘कर्णालीमा माओवादीको सरकारलाई समर्थन कायमै छ’

 चैत ४, २०७७ बुधबार १६:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेको माधव नेपाल पक्षले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिएको जनाएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री समेत रहनुभएका प्रकाश ज्वालाले सांसदलाई जानकारी नै नदिइ बसेको एउटा गुटको संसदीय दलको बैठकले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकोमा आश्चर्य प्रकट गर्नुभएको छ । प्रदेश सभा सदस्य प्रकाश ज्वालाले एमाले प्रदेश सभा दलको नाममा गुटगत बैठक गरेको र बैठकले गरेका निर्णयमा आफूहरूको असहमति भएको जानकारी दिनुभयो ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले  बैठकले गरेका निर्णयमा आफूहरूको असहमति भएको र कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहेको जानकारी दिनुभएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौँ । औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरूप्रति हाम्रो असहमति छ । यो नेकपा (एमाले) प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदछौँ । कर्णाली प्रदेश सरकारप्रति नेकपा एमाले) प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौँ ।’

कर्णालीमा एमाले २० जना सांसद रहे पनि बुधवार १० जना सांसदसहित बसेको संसदीय दलको बैठकले माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया