बैंकिङ कसुर मुद्दामा १ कराेड ८५ लाख जरिबाना ताेकिएपछि फरार भएका व्यक्ति पक्राउ

 चैत ४, २०७७ बुधबार २०:८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट एक करोड ८५ लाख जरिबाना तोकिएपछि फरार भएका झापाका उपेन्द्रप्रसाद ढुङ्गाना पक्राउ परेका छन् । 

२०७५ साल असार २ गते उर्मिला कँडेललाई रकम नभएको आफ्नो बैंक खाताबाट भुक्तान हुने गरी चेक दिएपछि उच्च अदालतले बैंकिङ कसुरमा जरिबाना तोकेको थियो । 

फरार रहेका ढुङ्गानालाई काठमाण्डौको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्युराेका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) गङ्गा पन्तले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया