कोरोना महामारी : ‘स्वास्थ्य सेवा नपाउँदा दक्षिण एसियामा दुई लाख ३९ हजार आमा र शिशुको ज्यान गयाे’– प्रतिवेदन

 चैत ४, २०७७ बुधबार २०:२४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – कोरोना भाइरसको महामारीले स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एसियामा मात्रै दुई लाख ३९ हजार जना आमा र शिशुको ज्यान गएको छ । 

संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदनका अनुसार महामारीको बेला स्वास्थ्य सेवा प्रभावकारी नहुँदा अफगानिस्तान, नेपाल, बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्कामा दुई लाख ३९ हजार आमा र शिशुको ज्यान गएको हो । 

प्रतिवेदनमा दुई लाख २८ हजार जना पाँच वर्षमुनिका बालबालिकाको मृत्यु पोषणदेखि खोपसम्मका अत्यावश्यक सेवा रोकिएका कारणले भएको अनुमान गरिएको छ । 

प्रतिवेदनले कोरोना महामारीका कारण स्वास्थ्य सेवामा परेको प्रभावले सबैभन्दा ठूलो असर महिला, बालबालिका र किशोरकिशोरीलाई परेको बताएको छ । 

त्यस्तै प्रतिवेदनमा चार लाख किशोरीसहित ३५ लाख महिला परिवार नियोजनका साधनमा पहुँच नपुगेका कारण गर्भवती हुनुपरेको बताइएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया