अमेरिकाले १ हजार ३ सय ६५ जना नेपालीलाई निष्कासन गर्ने
माघ १६, २०८१ बुधबार
काठमाण्डाै - नेकपा एमालेको संसदीय दलको बैठक सम्पन्न भएको छ ।
बैठकले विधान संशोधनको लागि कमिटी गठन गरेको छ । पार्टीको विधानमा केही विषय संशोधन गर्नुपर्ने भएकाले तीन सदस्यीय समिति गठन गरिएको सांसद शान्ता चौधरीले जानकारी दिनुभयो ।
कमिटीमा मुख्य सचेतक विशाल भट्टराई, सांसद शेरबहादुर तामाङ र विमला राई रहनुभएको छ । यस्तै बैठकले संसदीय दलको बोर्ड गठन गर्ने पनि निर्णय गरेको छ । २३ सदस्यीय बोर्डमा माधवकुमार नेपाल र झलनाथ खनालको नाम पनि राखिएको सांसद चौधरीले बताउनुभयो ।
आजको बैठकमा माधव-झलनाथ समूहका केही सांसद अनुपस्थित रहेका थिए । आज अनुपस्थित हुने सांसदलाई सचेत गराइएको र आउँदा बैठकमा सहभागी नभएमा कारबाहीको प्रक्रिया अघि बढाइने पनि एक सांसदले जानकारी दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।