धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – १७ बुँदे प्रस्ताव पारित गर्दै नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहको राष्ट्रिय भेला सकिएको छ ।
देशभरका दुई हजार नेता तथा कार्यकर्ताको उपस्थितिमा ललितपुरको एक पार्टी प्यालेसमा बुधवार र बिहीवार (हिजो र आज) भएको भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी र मनपरीको विरोध गर्ने र पार्टीलाई फेरि एकताबद्ध बनाउने प्रस्ताव पारित गरेको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको विधान विपरीतका कुनै पनि निर्णय नमान्ने र धम्कीपूर्ण भाषा नबोल्न पनि भेलाले पार्टी अध्यक्ष ओलीलाई सचेत गराएको नेता विष्णु रिजालले जानकारी दिनुभयो ।ओलीले गुटका मान्छे च्यापेर एमालेलाई विभाजन गर्ने र अन्त्यमा कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्ने गतिविधि गरेकाले त्यसको प्रतिरोध गर्ने पनि भेलाले निष्कर्ष निकालेको छ ।
भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओली २०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेशनले लिएको नागरिककाे बहुदलीय जनवादको कार्यक्रम अनुरूप अगाडि बढ्न नसकेको आरोप लगाएको छ ।
प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदम उल्ट्याइदिएकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिने तर नेकपा विभाजन गरेर एमाले र माओवादी बिउँताउने राजनीतिक फैसलाप्रति भने असहमति राख्ने भेलाको निर्णय छ ।
राष्ट्रिय भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।
यस्तै ओली प्रधानमन्त्री हुँदा भएका देशहित विरुद्धका सन्धि–सम्झौता खारेज गर्न पनि नेपाल–खनाल समूहको भेलाले माग गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।