धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा तीन वर्षदेखि लागेको खिया हटाउने प्रयास आफूहरुले गरेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाल-खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार काठमाण्डौमा सम्बोधन गर्दै नेता नेपालले तीन वर्षदेखि पार्टीमा खिया लागेको र आफूहरुले खिया फाल्ने प्रयास गरिरहेको बताउनुभएको हो ।
पूर्ववत् रुपमा रहेका पार्टीका सबै संरचनाहरुको बैठक, भेला लगायत कार्य गर्दै कार्यकर्तामा फेरि उही उत्साह र एकता भर्ने गरि विचारलाई सफा बनाउने काम भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो - “तीन बर्षसम्म सबै तिर काई लागेको थियो, खिया लागेको थियाे, हामी विस्तारै हटाउँदैछौँ । गन्हाएको थियो मुख । अब फेरि ब्रसिङ गरेर दाँतले हामी फ्रेस एअर दिनेछौँ । सफा र स्वच्छ वायुको साथसाथ प्राणवायु अनि फ्रेस अक्सिजन भरिन्छ ।”
यसरी दाँत सफा गरेर आएकाे वायुलाई उहाँले माक्सवादको विचार भन्नुभएकाे छ । जसरी शरिरमा अक्सिजन चाहिन्छ त्यसैगरी संगठनमा विचार चाहिने भन्दै उहाँले त्यो विचारले उर्जा र शक्ति दिएर अघि बढ्नलाई प्रेरित गर्ने बताउनुभयो ।
यस्तै उहाँले पार्टी एकीकरणपछि एकता अगाडिकै अवस्थामा फर्कनु भनेर सर्वाेच्च अदालतले फैसला गर्नु भनेको “जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ” भने जस्तै भएको टिप्पणी पनि गर्नुभयो । फैसला गलत भए पनि सर्वोच्च अदालतको फैसला भएकाले असहमती भएर पनि मान्दैनौ भन्न नमिल्ने अवस्था भएकाे उहाँकाे भनाइ छ ।
पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष केपी ओली भएको भन्दै उहाँले सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् संरचनालाई नै अस्तित्वमा ल्याउँ भन्ने आफूहरुको प्रस्ताव ओलीले नमानेको दाबी पनि गर्नुभयो ।
आफूहरुले केपी ओलीमा जाने नभएर पूर्व एमालेमा प्रधानमन्त्री केपी ओली पनि आउनुपर्ने र आफू पनि त्यही ठाउँमा पुग्न पर्नेमा उहाँले जाेड दिनुभयाे ।
यस्तै देशभर पार्टीका सबै संगठनको राष्ट्रिय भेला गरिने भन्दै उहाँले किसान संघ, पीडित समुदाय लगायतको राष्ट्रिय भेला गरि पुर्नजीवन र पुर्नताजगी दिने बताउनुभयो । उहाँले लोकतन्त्रको पक्ष र प्रतिगमनकारी विरुद्धको आन्दोलनमा आफूहरु एकताबद्ध भएर अघि बढ्ने बताउनुभयो । पार्टीको सुदृढिकरण र विस्तारका लागि धेरै भन्दा धेरै युवालाई संगठनमा आवद्ध गर्न पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।