खोप लगाएको दुई दिनपछि नै पाकिस्तानका प्रधानमन्त्री खानलाई कोरोना सङ्क्रमण

 चैत ७, २०७७ शनिबार १७:४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – खोप लगाएको दुई दिनपछि नै पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएपछि उहाँ आइसाेलेशनमा बस्नुभएको पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ फैसल सुल्तानले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री खानमा हल्का खोकी र ज्वरोसहितको मध्यम लक्षण देखिएको पनि सुल्तानले जानकारी दिनुभएको छ ।

उहाँले बिहीवार मात्रै कोरोना विरुद्धको खोपको पहिलो डोज लगाउनुभएको थियो ।  पाकिस्तानी प्रधानमन्त्री खान पछिल्ला दिनमा मास्क नलगाइकनै विभिन्न भेला, बैठक र आमसभामा सहभागी हुँदै आउनुभएको थियो । पाकिस्तानमा पछिल्लो महिनायता सङ्क्रमितको संख्या बढ्दै गएपछि केहि सहरमा आंशिक लकडाउन लगाइएको छ ।

सङ्क्रमितको बढ्दो संख्याले चिन्तित बनाएको र जोखिमपूर्ण तेस्रो लहरको खतरा रहेको प्रधानमन्त्री खानको भनाइ छ । पाकिस्तानमा अहिलेसम्म ६ लाख १५ हजार जनामा कोरोना पुष्टि भएको छ भने १३ हजार सात सय भन्दा धेरैको ज्यान गइसकेको छ । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया