धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्वमा अरुलाई अघि बढाएर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।
शनिवार कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृतिसभामा बोल्दै पौडेलले कांग्रेसले अरु राजनीतिक पार्टीलाई सरकारको नेतृत्वमा अघि सारेर भए पनि प्रधानमन्त्री ओलीको विकल्पमा जानुपर्ने बताउनुभएको हो ।
राजनीतिक अन्याेल भएको भन्दै उहाँले अन्याेललाई अन्त्य गर्न नेपाली कांग्रेसले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘ओलीको विकल्प खाेज्न कांग्रेसले संयोजकको भूमिका निर्वाह गर्नुपर्छ । कांग्रेसले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्छ । अहिलेको अन्योललाई अन्त्य गर्ने हैसियत कांग्रेसले राख्नुपर्छ । नेपाली कांग्रेसको नेतृत्वले राष्ट्रको नेतृत्व दिने यस्तै बेलामा हो ।’
नेपाली कांग्रेसका कतिपय नेताहरुले चुनावको पक्षमा बोल्ने गरेको भन्दै उहाँले नेपाली कांग्रेसले चुनावको पक्षमा वकालत गर्नु नहुने बताउनुभयो । संसदमा भएका शक्तिहरूलाई समायोजन गरेरै विकल्प दिनुपर्नेमा उहाँको जोड छ।
उहाँले भन्नुभयो – ‘अदालतको फैसलाले पाँच वर्ष नभइ चुनाव गर्ने अनुमति दिँदैन । संसद फेरि विघटन गर्ने पनि ठाउँ छैन । अहिले चुनावको कुरा गर्ने होइन । यही संसदलाई कसरी उपयोग गर्ने ? यही संसदमा भएका शक्तिहरुलाई समायोजन गर्नु अहिलेकाे विकल्प हो ।’
संविधान बचाउने सरकार ल्याउन र व्यवस्था बचाउने शक्ति यही संसदभित्र निर्माण गर्न नेपाली कांग्रेसले कुशलता देखाउनुपर्ने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।