लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख घिमिरेको ध्यानाकर्षण
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – सुरक्षित आप्रवासन परियोजना सामीले गएको जेठ महिनामा मात्रै २३ सय ४ जनालाई मनोपरामर्श सेवा प्रदान गरेको छ ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि गएको जेठ महिनामा मात्रै फोनमार्फत २ हजार ७४ जनालाई टेली काउन्सिलिङ र २३० जनालाई आइसोलेसन सेन्टर तथा क्वरेण्टीनहरुमा गएर परामर्श प्रदान गरिएको परियोजनाकी आप्रवासी स्रोत केन्द्र तथा मनोपरामर्श कार्यक्रम संयोजक रोनी प्रधानले जानकारी दिनुभयो ।
कोरोना महामारीको दोस्रो लहरमा सङ्क्रमणको डर र मृत्युको खबरले धेरै जनामा डर, चिन्ता, आफैँलाई सङ्क्रमण हुने हो कि भन्ने त्रास बढेको उहाँ बताउनुहुन्छ ।
नेपाल सरकार र स्विस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा १५६ पालिकाको नेतृत्वमा सामी परियोजना सञ्चालन भइरहेको छ । यो परियोजनालाई प्राविधिक सहयोग भने हेल्भटास नेपालले गरिरहेका छ ।
परियोजना देशका ३९ जिल्लाको १५६ पालिकामा सञ्चालन भए पनि मनोपरामर्श कार्यक्रम भने १५२ वटा पालिकामा सञ्चालन भइरहेको छ । प्रत्येक पालिकामा तालिम प्राप्त एक जना मनोपरामर्शकर्ताहरु रहेको कार्यक्रम संयोजक प्रधानले जानकारी दिनुभयो ।
सामान्य अवस्थामा वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवार र रोजगारीबाट फर्किएका स्वयंलाई लक्षित गरी सामीले मनोपरामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ । तर यो महामारीको दोस्रो लहरमा भने आवश्यकता अनुसार विभिन्न आइसोलेसन सेन्टरहरूमा कोरोना सङ्क्रमित व्यक्तिहरूलाई नै परामर्श प्रदान गरिएको छ ।
‘यो महामारीको समयमा मनोपरामर्श आवश्यकता भएका सबैलाई प्राथमिक मनोसामाजिक सहयोग प्रदान गरिएको छ, आइसोलेसन सेन्टरमै गएर फेस टु फेस र फोनमार्फत पनि अहिले यो सेवा प्रदान गरिरहेका छौं,’ कार्यक्रम संयोजक प्रधानले भन्नुभयो,‘ पालिकाहरूले नै अहिले यो कार्यक्रमलाई एकदम महत्त्व दिएर अघि बढाउनुभएको अवस्था छ ।’
कोरोना महामारीको पहिलो लहरमा पनि परियोजना अन्तर्गत १३ हजार ७ सय ९४ जनालाई क्वरेण्टीन स्थलमै गएर र फोनमार्फत १६ हजार ७ सय ३१ जनालाई प्राथमिक मनोसामाजिक सहयोग प्रदान गरिएको परियोजनाले जनाएको छ ।
अहिले कोरोना सङ्क्रमण रोकथामका लागि विभिन्न श्रम गन्तव्य देशबीच उडान बन्द छ । तर कतारबाट नियमित उडान सुरु भएकाले श्रमिकहरू स्वदेश फर्कन थालेका छन् । सामीका अनुसार अब यो समयमा फर्कने श्रमिकलाई पनि परामर्श प्रदान गर्ने गरी तयारी थालिएको छ ।
कुनै पनि किसिमको मानसिक समस्या भएमा सामीमार्फत पाइने मनोपरामर्श सेवा निःशुल्क लिन सकिन्छ । पालिकाहरूमै मनोपरामर्शकर्ताहरु भएकाले जनप्रतिनिधि अथवा जिल्लामा रहेको आप्रवासी स्रोत केन्द्रमार्फत परामर्शकर्ताको सम्पर्क नम्बर पाउन सकिन्छ ।
अहिले त पालिकाहरूले नै मनोपरामर्शकर्ताहरुको सम्पर्क नम्बर आफ्नो सामाजिक सञ्जालमा उपलब्ध गराएका छन् । यसका साथै सामी परियोजनाको फेसबुक पेज ‘सेफर माइग्रेसन प्रोजेक्ट फेज थ्री’ मार्फत पनि आप्रवासी स्रोत केन्द्रको नम्बरहरू पाउन सकिन्छ । आप्रवासी स्रोत केन्द्रले मनोपरामर्शकर्तासँग सजिलै तपाईँलाई जोड्ने काम गर्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।