नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै – पछिल्लाे २४ घण्टामा देशभर दुई हजार आठ सय २८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । आठ हजार ६ सय ८७ जनाकाे आरटी–पीसीआर गर्दा दुई हजार १४ र चार हजार तीन सय ३५ जनाकाे एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय १४ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
योसहित नेपालमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख १४ हजार दुई सय १६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३ हजार दुई सय १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ८२ जनासहित अहिलेसम्म पाँच लाख ४३ हजार पाँच सय २१ जना काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टा र यसअघिको प्राप्त भएकाे विवरणसहित थप ५२ जनाको काेराेना सङ्क्रमणबाट ज्यान गएको छ । योसहित नेपालमा काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार पाँच सय ५८ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।