नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
फागुन १६, २०८१ शुक्रबार
भक्तपुर - भक्तपुरमा कोरोना सङ्क्रमण र मृत्युदर घट्दै गएपछि अस्पतालका शय्या खाली हुन थालेका छन् । अस्पतालहरुमा अक्सिजन अभाव घटेर उपचारमा सहज हुन थालेको छ । सङ्क्रमितको निको हुने दर पनि बढेको छ । पीसीआर परीक्षणका लागि आउनेहरुको सङ्ख्या पनि घटेको छ ।
कोभिड–१९ को दोश्रो लहरको महामारीले उग्ररुप लिँदा भक्तपुर अस्पतालमा एकैदिन कोभिडका ८३ जनासम्म बिरामी राखेर उपचार गरिएको थियो भने आज यस अस्पतालमा २२ जना कोभिडका बिरामीको उपचार भइरहेको छ।
भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमले ६ शय्या आइसीयू, ६ शय्या भेन्टिलेटर र ४६ शय्याको एचडीयू तथा कोभिड आकस्मिक कक्षसहित एकैदिन ८३ जना कोभिडका बिरामी राखेर उपचार गरेको कहालीलाग्दो अवस्था पार गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, 'एकै पटक ८३ जना कोभिडका बिरामीको उपचार पनि गर्यौँ, आइसीयू, भेन्टिलेटर, अक्सिजन र शय्या अभाव निकै झेल्नु पर्यो, अब त बिस्तारै कोरोना सङ्क्रमित घट्दैछन्, अहिले ६ जना आइसीयू, ३ जना भेन्टिलेटर र १३ जना एसडीयूमा छन्, एचडीयूका शय्याहरु खाली हुन थालेका छन्।'
भक्तपुर अस्पतालमा कोभिडका कारण १३ महिला र १० पुरुष गरी २३ जनाको ज्यान गएकाे छ । भक्तपुरमा पीसीआर परीक्षण गर्न आउने सङ्ख्या पनि घटेको छ । दैनिक ३०० जनासम्मको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरेकोमा घटेर दैनिक ७० जनाको हाराहारीमा स्वाब सङ्कलनका लागि आउने गरेको उहाँले बताउनुभयो । कोभिडका बिरामी घटे पनि अस्पतालले विगतमा सञ्चालन गर्दै आएको ओपीडी, शल्यक्रिया लगायतका अन्य सेवा पनि अब सुरु गर्न थालेको डा. गौतमको भनाइ छ ।
कोभिडका बिरामीको उपचार गर्दै आएको मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा पनि कोरोना सङ्क्रमित बिरामीको चाप घटेपछि शय्या खाली हुन थालेका छन् । एकै पटक ५२ जनासम्म कोभिडको बिरामीको उपचार गरेको यो अस्पतालमा आज ८ जनाको मात्रै उपचार भइरहेको छ ।
अस्पतालका प्रशासन अधिकृत रुपेश श्रेष्ठले भन्नुभयो, 'महामारी बढ्दा एकैदिन ५२ जनासम्म कोभिडका बिरामीको उपचार गर्यौँ, तर अहिले बिरामीको चाप घटेपछि अहिले तीन जना भेन्टिलेटरमा र पाँच जना एचडीयूमा उपचाररत छन् ।' कोभिडका कारण यो अस्पतालमा १५ जनाको ज्यान गयो ।
दैनिक पीसीआर परीक्षणका लागि ४०० सम्म आउन थालेपछि अस्पतालले टोकन बाँडेर दैनिक २ सय जनासम्मको परीक्षण गरेकोमा अहिले भने दैनिक ९० जनासम्म पीसीआर परीक्षणका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार अहिले जिल्लामा २९ पुरुष र २८ महिला गरी ५७ जनामात्र अस्पताल र आइसोलेशन केन्द्रमा उपचाररत रहेका छन् । कुल सङ्क्रमित मध्ये ३२५ पुरुष र ३५९ महिला गरी ६८४ जना होम आइसाेलेशनमा रहेका छन् ।
कार्यालयका प्रमुख मिजारले भन्नुभयो, 'भक्तपुरमा ९५ प्रतिशत सङ्क्रमित निको भएर घर फर्किएका छन्, जिल्लामा २१ हजार २३४ जना सङ्क्रमितमध्ये ९५ दशमलव २० प्रतिशत अर्थात २० हजार २१६ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।'
सङ्क्रमित सङ्ख्या घटेसँगै भक्तपुरमा कोरोनाबाट मृत्युदर समेत घटेको छ । जिल्लामा जेठ २५ गतेयता एक जनाको मात्र कोरोना सङ्क्रमितका कारण ज्यान गएकाे उहाँले जानकारी दिनुभयो । एकैदिन १४ जनासम्मको कोरोनाबाट ज्यान गएकाे भक्तपुरमा जेठ २४ गतेयता मृत्युदर घटेर शून्यमा झरेको छ । जेठ २८ सङ्क्रमित एक पुरुषको ज्यान गएपछि त्यसयता सङ्क्रमितको ज्यान गएकाे छैन । प्रमुख मिजारका अनुसार भक्तपुरमा अहिलेसम्म १८० पुरुष र ९७ महिला गरेर २७७ जना कोरोना सङ्क्रमितको ज्यान गएकाे छ ।
जिल्लामा सबैभन्दा बढी मध्यपुर थिमि नगरपालिकामा ६३ पुरुष र २८ महिला गरी ९१ जना, भक्तपुर नगरपालिकामा ४४ पुरुष र ३० महिला गरि ७४ जना, सूर्यविनायक नगरपालिकामा ४७ पुरुष र २८ महिला गरी ७५ जना र चाँगुनारायण नगरपालिकामा २६ पुरुष र ११ महिला गरी ३७ जना सङ्क्रमितको ज्यान गएकाे मिजारले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये होम आइसाेलेशनमा बसेका ३२५ पुरुष र ३५९ महिला गरेर ६८४ जना सङ्क्रमित रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।