नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – सरकारले बाढी र पहिरोका कारण विपद्मा परेकाहरुलाई आवश्यक सहयोग गर्न सबै पूर्वाधारहरु तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । गएराति बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले पूर्व तयारीका आवश्यक सबै पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन दिएको हो । प्रधानमन्त्री अध्यक्ष रहेको यो परिषद्ले विपद् भएका ठाउँको क्षतिको मूल्याङ्कन गरेर तत्काल पुनर्निर्माणको काम अघि बढाउने निर्णयसमेत गरेको छ ।
नियमावलीले निर्दिष्ट गरेअनुसार केही तत्काल केही भुक्तानीको व्यवस्था गर्ने र पुनर्निर्माणको काम अघि बढाउने निर्णय भएको भूमि, व्यवस्था सहरी तथा गरिबी निवारणमन्त्री लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
यस्तै प्राकृतिक विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत आवश्यक सबै कामअरु अघि बढाउने निर्णयसमेत भएको मन्त्री कर्णले बताउनुभयो । बैठकमा अहिलेको विपद्को अवस्था र र भविष्यमा आउने सबै विपद्का लागि आवश्यक तयारी, बाढी पहिरोका कारण घाइतेहरुको स्वास्थ्य उपचारको व्यवस्थापनबारे छलफल भएको र आवश्यक प्रबन्ध मिलाउन सम्बन्धी निकायलाई निर्देशन दिइएको मन्त्री कर्णले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।