आर्मीलाई ७४ रनमा अलआउट गर्दै पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – विपक्षी गठबन्धनका शीर्ष नेताहरूले संविधान, लोकतन्त्र र कानुनी शासन जाेगाउन आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्न राजनीतिक दल, नेता, कार्यकर्ता तथा जनसमुदायलाई आह्वान गरेका छन् ।
सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब दिने तथा सङ्कीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटोमा लागेको उनीहरूकाे आराेप छ । दलका नेताहरूले मङ्गलवार (आज) संयुक्त विज्ञप्ति निकालेर सरकारले स्वतन्त्र न्यायपालिकालाई हस्तक्षेप गर्ने र निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र गरिरहेकाे बताएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति निकालेर सरकारको कदमबाट नेपाली नागरिकको कष्टपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धि नै गुम्ने हो कि भन्ने खतरा उत्पन्न भएको छ र देश गम्भीर सङ्कटतर्फ धकेलिएको बताएका हुन् ।
‘नेपालको संविधान, लोकतन्त्र, संसद्, राष्ट्रिय हितको रक्षा, कोराना महामारी र बाढी, पहिरो र डुबानको विपत्तिबाट नागरिकको सुरक्षा, उद्धार तथा पुनस्र्थापना तथा नागरिकका अपेक्षा एवम् आवश्यकताप्रतिको जिम्मेवारीबोधका साथ संयुक्त रूपमा पाइला चाल्नैपर्ने अवस्था सिर्जना भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।