सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई समयमै खोप लगाउन आग्रह गरको छ ।
ओमानमा खोप अभियान जारी नै छ । पछिल्लो समय त्यहाँ कोरोना संक्रमणको दर तीव्र रुपमा फैलिरहेको भन्दै आफू कार्यरत कम्पनी तथा स्पोन्सरमार्फत खोप लगाउन दूतावासले आग्रह गरेको हो । दूतावासका अनुसार ओमानमा अहिलेसम्म पाँच जना नेपालीले पनि कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने केही उपचाररत छन् ।
ओमानमा कोरोनाभाइरसको अनुगमन र मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार अर्को निर्णय नहुन्जेलसम्मका लागि लागू गरेको रात्रीकालीन लकडाउन जारी नै छ । यस्तै नेपाल लगायत विदेशबाट ओमान प्रवेश गर्नेले अनिवार्य रुपमा सात दिन क्वरेण्टीन बस्नुपर्ने नियम पनि यथावत् नै छ । साथै तारासुद एपमार्फत आफ्नो विवरण भरी ओमानमा अवतरण भएपछि विमानस्थलमै पीसीआर जाँच गर्नुपर्ने व्यवस्था भएको पनि दूतावासले जनाएको छ ।
ओमानमा रहेका नेपालीलाई यस विषयमा केही थप बुझ्नुपर्ने भएमा दूतावासको फोन नम्बर २४६९६१७७ र २४६९६८८३ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ । यस्तै दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा पनि सम्पर्क गर्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।