मोजाम्बिकमा आएको चक्रवात चिडोका कारण ज्यान गुमाउनेको सङ्ख्या ९...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – कम्बोडिया पठाइदिन्छु भनेर विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेप्लाञ्चोक महाभारत गाउँपालिका – १ घर भएका २८ वर्षीय मिनध्वज नाम गरेका विचारमान मोक्तानलाई ३९ लाख रुपैयाँ ठगी गरेकाे आराेपमा प्रहरीले पक्राउ गरेकाे हाे । उनलाई काभ्रेपलाञ्चोककै प्रेमबहादुर तामाङसहित ६ जनालाई कम्बोडिया पठाएर त्यहाँ क्यासिनाेमा गार्डकाे काम लगाइदिने भन्दै प्रत्येकबाट ६ लाख पचास हजार रुपैयाँ लिएर सम्पर्क विहीन भएको आराेप लागेकाे प्रहरीले जनाएको छ ।
पीडितहरुको उजुरीको आधारमा वैदेशिक रोजगार विभागले महानगरीय अपराध महाशाखामा पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेपछि सोमबार बानेश्वरबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मोक्तानलाई अहिले थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।