एस्ट्राजेनेकाको खोपका कारण बालबालिकामा 'साइड इफेक्ट' हुन सक्ने

 भदौ २५, २०७८ शुक्रबार ६:१०:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – युरोपको औषधि नियामक कम्पनीले एस्ट्राजेनेकाको काेराेनाविरुद्धको खोपका कारण बालबालिकामा घियनब्यारे सिंड्रोम हुन सक्ने जनाएको छ ।

युरोपियन मेडिसिन एजेन्सी (ईएमए)ले एस्ट्राजेनेकाले उत्पादन गरेको खोपका कारण बालबालिकामा घियनब्यारे सिंड्रोमको खतरा रहेको जनाएको बीबीसीको खबरमा उल्लेख छ । घियनब्यारे सिन्ड्रोम एक प्रकारको दुर्लभ बिमारी हो । यो रोगका कारण बालबालिकामा हातखुट्टा सुन्निने, कमजोरी हुने र दुख्ने समस्या हुन्छ । तर खोप लगाइसकेपछि साइड इफेक्टका रुपमा देखिने यो समस्या एकदमै कम हुन सक्ने कम्पनीले जनाएको छ ।

एस्ट्राजेनेकाको खोप लगाएका दश हजार जनामध्ये एक जनामा मात्र यस्तो समस्या देखिन सक्ने खबरमा उल्लेख गरिएको छ । अहिले विश्वका कतिपय देशमा बालबालिकामा समेत कोरोना भाइरसको खोप लगाउन सुरु गरिएको छ । भने कतिपय कम्पनीका खोपहरु अहिले परीक्षणका रुपमा रहेका छन् ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया