६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिदेशीय शृङ्खला भोलि साेमवारदेखि सुरु हुँदैछ ।
पहिलो खेलमा भोलि नेपालले अमेरिकासँग खेल्दैछ । खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा दिउँसो सवा चार बजे सुरु हुनेछ । खेल डिश होमको च्यानल एक्शन स्पोर्ट्समा प्रत्यक्ष प्रसारण हुनेछ ।
त्रिदेशीय शृङ्खलाअघि पपुवा न्युगिनी (पीएनजी) सँग भएका दुवै खेल जितेको नेपाल उच्च मनोबलका साथ खेल्दैछ । लिग अन्तर्गत अमेरिकासँग नेपालमा भएका दुवै खेल नेपालले जितेको थियो भने ओमानसँगका दुवै खेलमा पराजित भएको थियो ।
शृङ्खलाका सबै खेल एक्शन स्पाेर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने सहमति भएकाे छ ।
लिगमा नेपाल चार खेलमा चार अङ्क जोडर नेपाल छैटौँ स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १२ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राई सुदीप
Sept. 13, 2021, 12:23 a.m.बाध्यताको कारणले गर्दा हामी नेपाली खेलकुद प्रेमीहरु नेपाल बाहिर छौ (Action Apors Tv) ले खेलहरुको प्रत्यक्ष प्रसारण गर्नुहुन्छ अत्यन्तै गर्वको कुरा हो तर हामीहरु जति पनि नेपाल बाहिर छौ नेपाल टोलीलाई समर्थन गर्दै उक्त खेलहरुको प्रत्यक्ष प्रसारण हेर्न बाट बञ्चित छौ दु:ख लाग्छ अन्य ब्याक्तिगत यूटुव च्यानलहरुले प्रत्यक्ष प्रसारणको अत्यन्तै धेरै प्रयास गर्नुहुन्छ तर केही समयपछि (Copy Right) को कुरा हुन्छ बञ्चित भैहाल्छ हुनत (Action Sports) पनि आफ्नै यूटुव च्यानल छ यहीँबाट पनि प्रत्यक्ष प्रसारण गरिदिनुभएको भए हामी नेपाल बाहिर रहेको हामी नेपालीहरु गर्व गर्ने थियौँ धन्यवाद ।