एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिँदै जाने हो कि भन्ने लागेकाे बताउनुभएकाे छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओले जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्त पेस गर्दै आफूलाई पनि कहिलेकाँही एक/दुई वर्षपछि यस्तै हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको बताउनुभयो ।
आइतवार काठमाण्डाैमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उहाँले आफ्नो दिमागमा कहिलेकाँही त्यस्तो खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे चिन्तन–मनन गरी दिन पनि वाम बुद्धिजीवीहरूलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कहिलेकाँही यस्तै लाग्दाे रहेछ । एक/दुई वर्ष जतिमा एक्लो पो हुने हो कि ? र माओले भनेजस्तै ‘म एक्लो हुँ ’ भन्नुपर्ने हो कि ? कहिलेकाँही यस्तो चित्र पनि मेरो दिमागमा आउँछ के । तपाईँहरू यो पनि चिन्तन–मनन गरिदिनुहोला । नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशामा सन्दर्भमा यो रोग के हो ? पुस्तकका टिप्पणीकारहरूले प्रचण्डको नाम आउँछ कि भनेर किन डराउनुभयो ? यो व्यक्तिगत कुरा हो र ? व्यक्तिगत प्रशंसा खोजेको कुरो हो र यो ?’
अध्यक्ष दाहालले केपी ओलीप्रति सङ्केत गर्दै पुस्तकमा नहुनुपर्ने मान्छेको सन्दर्भमा धेरै लेखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनको कार्यदिशालाई सही ढङ्गले अघि बढाउन विगतमा भएका इतिहासकाे सही समीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औल्याउनुभयो । अध्यक्ष दाहालले आफूले अझै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर अघि बढ्न चाहेको पनि पटक–पटक दोहोर्याउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।