एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र अहङ्कारवादविरुद्ध लड्नुपर्ने बताउनुभएकाे छ । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति सङ्केत गर्दै नेपालको कम्युनिस्ट पार्टीहरूमा सरकारमा पुगेपछि अहङ्कारको घोडा चढ्ने प्रवृत्ति मौलाएको उल्लेख गर्दै त्यसविरुद्ध लड्नुपर्ने बताउनुभएकाे हाे ।
‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आइतवार काठमाण्डाैमा विमोचन गर्दै उहाँले नेपालको कम्युनिस्ट पार्टीभित्र आफ्ना आसेपासेहरूलाई गोलबन्द गर्दै गैरकम्युनिस्ट प्रवृत्ति मौलाउँदै आएको उल्लेख गर्दै त्यस्ता प्रवृत्तिलाई निस्तेज पारेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।
नेता नेपालले भन्नुभयो, ‘आफ्ना आसेपासेहरूलाई गोलबन्द गर्दै गैरकम्युनिस्ट प्रवृत्ति पनि हामी हेरिरहेका छौँ । अनि सत्तामा पुगेपछि अहङ्कार घोडा चढ्ने प्रवृति पनि देखिरहेका छौँ । र कम्युनिस्ट पार्टी भित्रैबाट यस्ता खालका गैर सर्वहारा वर्गीय चिन्तन देखिने गरेको छ । यस्ता सबै खालका गैर सर्वहारा वर्गीय चिन्तनलाई परास्त गरी नागरिककाे मन जित्ने गरी सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीले काम गर्नुपर्दछ ।’
अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरूले ‘चुनावदेखि चुनावसम्म’ नभइ ‘जनतादेखि जनतासम्म’को अभियान सञ्चालन गर्नुपर्ने पनि बताउनुभयो । उहाँले नेपालको कम्युनिस्ट पार्टी नै सबैभन्दा लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै ती कम्युनिस्ट पार्टीले मात्रै वास्तविक रूपमा देशलाई एकताबद्ध बनाउने र देशको राष्ट्रियताको रक्षा गर्ने तर्क पनि गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।