मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

 असोज २, २०७८ शनिबार ८:१७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ ।

दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो बढ्न थालेको मौसमविद्ले बताएका छन् । दिन र रात बराबरी जस्तै हुने समयमा बिहान र बेलुका चिसो हुने र दिउँसो घाम लागेको बेला गर्मी हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजोआज बिहान र बेलुकाको न्यूनतम तापक्रम पनि केही घटेको छ । हिजो जिरीको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियससम्म झरेको थियो, लुम्लेको १५, जोमसोमको १० दशमलव ५, ताप्लेजुङको १७ डिग्री सेल्सियस, ओखलढुङ्गाको १७ दशमलव २, जुम्लाको १३ दशमलव ८, डडेल्धुराको १५ दशमलव ९  र काठमाण्डौको १९ डिग्री सेल्सियससम्म झरेको थियो । योे केही दिन अगाडिको तुलनामा न्यूनतम तापक्रम केही कम हो ।

अबको केही दिनको न्यूनतम तापक्रम यसकै हाराहारीमा रहने पनि मौसमविद् मानन्धरले जानकारी दिनुभयो । यसैबीच आज वाग्मती, प्रदेश १, २ र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको  पानी पर्ने सम्भावना छ ।

मौसमी न्यूनचापीय रेखाको प्रभावका कारण यी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना भएको मानन्धरले बताउनुभयो । देशका अरु ठाउँको मौसम भने सामान्यदेखि आंशिक बद्ली भएर सामान्य खालको पानी पर्ने सम्भावना छ ।  आज दिनभरि नै मौसम पूर्णरुपमा खुल्ने सम्भावना छैन । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया