च्याम्पियन्स ट्रफि क्रिकेट : आज अफगानिस्तान र इङ्ल्यान्ड खेल्दै

 फागुन १४, २०८१ बुधबार ७:१२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – च्याम्पियन्स ट्रफि क्रिकेटमा आज अफगानिस्तान र इङ्ल्यान्ड खेल्दैछन् । खेल पाकिस्तानको लाहोरमा दिउँसो पौने तीन बजे शुरू हुनेछ ।

पहिलो खेलमा समूह ‘बी’ को अफगानिस्तान दक्षिण अफ्रिकासँग र इङ्ल्यान्ड अस्ट्रेलियासँग पराजित भएको थियो ।

समूह ‘बी’ अन्तर्गत यसअघि हिजो अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण रद्द भयो । खेल हुन नसकेपछि दुवै टोलीले समान एक अङ्क बाँडेका छन् । अस्ट्रेलिया र दक्षिण अफ्रिकाको समान तीन अङ्क छ ।

समूह ‘ए’ बाट न्युजिल्याण्ड र भारत सेमिफाइनलमा पुगिसकेका छन् । यो समूहबाट पाकिस्तान र बङ्गलादेश समूह चरणबाटै बाहिरिइसकेका छन् । फाइनल खेल फागुन २५ गते हुनेछ ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया