जय ट्रफी एलिट कप क्रिकेटमा तेस्रो र चौथो खेल आजदेखि शुरू हुँदै
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – अफगानिस्तानमा एक महिनापछि विद्यालय खुले पनि छात्राहरू विद्यालय जान पाएका छैनन् । तालिबान समूहले अफगानिस्तानको सत्ता कब्जा गरेपछि बन्द भएका विद्यालय आजदेखि खुलेका भए पनि छात्रा अध्ययन गर्ने विद्यालयहरू भने नखुलेका हुन् ।
तालिबानले विज्ञप्ति निकालेर आजदेखि माध्यमिक विद्यालयमा पुरुष शिक्षक र छात्र अर्थात् बालकहरूलाई विद्यालय जान भनेको छ । तर विज्ञप्तिमा बालिका र महिला शिक्षकबारे केही उल्लेख नभएकाले उनीहरू विद्यालय जान नपाएका बीबीसीले जनाएको छ ।
पछिल्ला घटनाक्रमले तालिबानले छात्राहरूलाई विद्यालय जानबाट रोक्ने सम्भावना बढेको छ । अफगानिस्तानमा छात्र र छात्राका लागि छुट्टाछुट्टै विद्यालय भएकाले कुनै एकाथरी बन्द गर्न सजिलो छ ।
सन् १९९० को दशकमा तालिबान सत्तामा हुँदा अफगानिस्तानमा छात्राहरूलाई विद्यालय जान प्रतिबन्ध थियो । सन् २००१ मा तालिबानलाई सत्ताबाट हटाइएपछि अफगानिस्तानमा छात्राहरू विद्यालय जान थालेका हुन् । त्यसपछिको २० वर्षमा विद्यालय जाने महिलाको सङ्ख्या ३५ लाख पुगेको छ । तर फेरि दुई दशक अघिकै अवस्था आउने देखिएको छ ।
आजै तालिबान सरकारले महिला मन्त्रालय हटाएर कडा धार्मिक मान्यताहरू लागू गर्ने पुरानो निकाय स्थापना गरेको छ । तालिबानले महिला मन्त्रालयको नाम मेटेर सदाचार र दुष्कर्म मन्त्रालयको नाम राखेको बीबीसीले जनाएको छ ।
सदाचार र दुष्कर्म मन्त्रालयले सन् १९९० को दशकताका तालिबान शासन अवधिमा कठोर इस्लामिक नियमहरू पालना गराउनुका साथै महिलाहरूमाथि कडा प्रतिबन्ध लगाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।