माधव नेपालका बुबा र प्रचण्ड पत्नीलाई पनि पदक

 असोज ३, २०७८ आइतबार १३:३५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नाै सय तीन जनालाई विभिन्न विभूषण, अलङ्कार  र पदक प्रदान गरिने भएकाे छ ।

नेपालको संविधानको धारा २७७ को उपधारा १ अनुसार गएको भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उहाँले विभिन्न व्यक्तिलाई विभूषण प्रदान गर्नुहुने भएको हो ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका बुबा स्व.मङ्गलकुमार उपाध्याय नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई पनि पदक प्रदान गरिने भएकाे छ । 

माधव नेपालका बुबा स्व. मङ्गलकुमार उपाध्याय नेपाललाई साहित्यकारका रूपमा प्रबल जनसेवाश्री पदक प्रदान गरिने भएकाे हाे भने प्रचण्ड पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ताका रूपमा प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गरिने भएकाे हाे ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदाे वैशाख १ गते विशेष समाराेहका साथ विभूषण, अलङ्कार र पदक वितरण गर्नुहुनेछ । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया