अफगानिस्तानमा असिना पानीका कारण २९ जनाको ज्यान गयो
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै – वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर अजयक्रान्ति शाक्यले काठमाण्डौ ललितपुर र भक्तपुरका प्रहरी पनि प्रदेश मातहतमै राख्न सरकारसँग आग्रह गर्नुभएको छ ।
नेकपा एमालेले आज आइतवार लगनटोलमा गरेको कार्यक्रममा मन्त्री शाक्यले प्रदेशका १३ जिल्लामध्ये १० जिल्लामात्रै वागमती प्रहरी प्रदेशको मातहतमा रहेको भन्दै तीन जिल्ला पनि प्रदेश मातहतमै राख्न केन्द्र सरकारसँग आग्रह गर्नुभयो ।
आफू वाग्मती प्रदेशको आन्तरिक मामिला मन्त्री भए पनि उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाण्डाैकाे प्रहरी मन्त्रालयको मातहतमा नरहेको भन्दै मन्त्री शाक्यले नेपाल सरकारको ऐनमा भएको व्यवस्थालाई अध्यादेशमार्फत ल्याएका बाध्यात्मक व्यवस्थाले केही जटिलता पैदा भएको बताउनुभयो ।
तीन जिल्लाका प्रहरी पनि प्रदेश मातहतमा गएमा वाग्मती प्रदेशको शान्ति, सुरक्षालाई अझ चुस्त–दुरुस्त बनाएर लैजान सकिनेमा आफू ढुक्क रहेको मन्त्री शाक्यको दाबी छ । मन्त्री शाक्यले आन्तरिक मामिला मन्त्रीको हैसियतमा आफूले जिम्मेवारी सम्हाल्नेबित्तिकै प्रदेशको शान्ति–सुरक्षाका सन्दर्भमा विशेष चासो राख्दै कार्यक्रमहरू अघि बढाएको पनि जानकारी दिनुभयो ।
जति सक्दो छिटो नेपाल प्रहरीलाई आवश्यक स्रोत–साधनको व्यवस्था गरेर मनोबल उच्च बनाउने कामको थालनी गरेको मन्त्री शाक्यको दाबी छ । उहाँले वाग्मती प्रदेशका एक सय दुई वटा कानुन निर्माण भइसकेको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।