च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्सले चाड दशैं तिहारलाई लक्षित गरी ‘दशैं तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ ।
जसअन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।
चाडपर्वमा ग्राहकहरूले अफरलाई नै बढी प्राथमिकता दिने भएको हुँदा ग्राहकको मागअनुसार नै हामीले यो योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताउनु भयाे ।
योजनाअनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिपरको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छाअनुसार उपहार छानी छानी लान सक्ने उहाँकाे भनाइ छ ।
अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्टफोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टीभी साथै क्यास डिस्काउन्ट पाउन सक्नुहुनेछ ।
ग्राहकहरूले प्रत्येक आईसीभी हाउलेज, एमसीभी टिपर वा बस खरिदमा ३० ग्राम सुन अथवा आइफोन १२ प्रोम्याक्स अथवा टीभीएस एनट्राक स्कुटर पाउन सक्नेछन् ।
आईसीभी हाउलेज, एमसीभी टिपर वा बसमध्ये एकै पटक दुई वटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा एप्पलको म्याक बुक प्रोका साथै आइफोन १२ प्रो म्याक्स वा रोयल इन्फिल्ड ३५० सीसी बुलेट बाइक पाउने सक्नेछन् ।
कुनै पनि एचसीभी साथै आईसीभी टिपरको एक वटा गाडी खरिदमा ३० ग्राम सुन अथवा आइफोन १२ प्रो म्याक्स वा टीभीएस एनटर्क स्कुटर पाउन सकिनेछ । त्यस्तै गरी दुई वटा एचसीभी र आईसीभी टिपरको खरिदमा ६० ग्राम सुन तोला सुन अथवा एप्पल म्याक बुक प्रो र आइफोन १२ प्रो म्याक्स वा रोयल इन्फिल्ड ३५० सिसीको बुलेट बाइक पनि पाउन सकिनेछ ।
एचसीभी र आईसीभी टिपरको कुनै पनि गाडीको खरिदमा माथि उल्लेखित उपहारभन्दा अझ थप अफर पनि प्राप्त गर्न सकिनेछ ।
यो योजना अन्तर्गत बम्परमा तीन जान भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । चाडपर्व लक्षित यो योजना मङ्सिर ३० गतेसम्म मात्र लागू हुने बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।