एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै - सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक दिउँसो २ बजे बस्दैछ । प्रतिनिधि सभा बैठकबाट आज बजेटसँग सम्बन्धित दुई वटा विधेयक पारित गर्ने तयारी छ ।
आजको सम्भावित कार्यसूचीमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने उल्लेख छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीकैबीच गएको सोमवार प्रतिनिधि सभाबाट बजेट अर्थात विनियोजन विधेयक पारित भएको थियो ।
राष्ट्रिय सभाको अस्तिको बैठकमा विनियोजन विधेयक पेस भएको छ । राष्ट्रिय सभा बैठकमा आज विधेयकमाथि छलफल गर्ने कार्यसूची छ। दुवै सदनबाट पारित भएको बजेट राष्ट्रपतिले प्रमाणित गरेपछि बल्ल सरकारले खर्च गर्न पाउनेछ ।
विधेयक पारित नहुँदा गएको ३० गते रातिदेखि सरकार बजेट खर्च गर्न नपाउने अवस्थामा छ । एमालेले आफूहरूले कारबाही गरेका सांसदको सूची ननिकालेर सभामुख अग्निप्रसाद सापकोटाले पार्टी विभाजन गर्न भूमिका खेलेको भन्दै लगातार संसदमा नाराबाजी गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।