भारतद्वारा शक्तिशाली आणविक क्षेप्यास्त्रको सफल परीक्षण

 कात्तिक ११, २०७८ बिहीबार १७:३६:० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतले शक्तिशाली आणविक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । चीनसँगको बढ्दो तनावकै बीच भारतले पाँच हजार किलोमिटर परसम्मको लक्ष्यमा प्रहार गर्न सक्ने ब्यालेस्टिक मिसाइल, अग्नि–५ को सफलतापूर्वक प्रक्षेपण गरेको हो । 

हिजो बुधवार बेलुका ओडिशाको एपीजे अब्दुल कलाम टापुबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

जमिनबाट जमिनमा प्रहार गर्ने अन्तरमहाद्विपीय क्षेप्यास्त्रले तीन चरणको ठोस इन्धन प्रयोग गर्ने र उच्चस्तरको रहेको रक्षा मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था अलजजिराले जनाएको छ । 

अग्नि–५ को सफल परीक्षण भारतको विश्वसनीय न्यूनतम प्रतिरोधको नीति अनुरूप रहेको भारतीय रक्षा मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । 

‘अग्नि-५ को सफल परीक्षण भारतको विश्वसनीय न्यूनतम प्रतिरोधको नीति अनुरूप छ जसले पहिले प्रयोग नगर्ने प्रतिबद्धतालाई जोड दिन्छ’, विज्ञप्तिमा भनिएकाे छ ।  

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया