आज र भोलि देशका धेरै ठाउँको मौसम सफा, पर्सिदेखि धेरै ठाउँम...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – सरकारले कोरोना भाइरसविरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । आज शुक्रवार फाइजर–बायोएनटेक प्रयोग गरी सञ्चालन हुने कोभिड–१९ खोप अभियानबारे अन्तरक्रिया कार्यक्रममा कोरोनाविरुद्धको फाइजर–बायोएनटेक खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।
यो खोपको पहिलो मात्रा कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म सरकारले तोकेका देशभरका विभिन्न २४ अस्पतालमा उपलब्ध हुनेछ । खोप बाँकी भएमा मङ्सिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीहरूलाई प्राथमिकतामा राखी र १२–१७ उमेर समूहकालाई लगाइनेछ । खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मङ्सिर २७ देखि पुस २ गतेसम्म दिइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।
यो खोप १२ वर्षभन्दा माथिको जनसङ्ख्यालाई मात्र दिन मिल्ने भएकाले त्यही उमेर समूहलाई मात्र लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले बताउनुभयो । उहाँले यो खोप १२ वर्षमाथिका दीर्घरोगीहरूलाई पहिलो प्राथमिकतामा राखेर दिइने पनि बताउनुभयो । प्रशासक दाहालले १२ वर्षमाथिका आठ प्रकारका दीर्घ रोगका बिरामीहरूलाई यो खोप दिइने बताउनुभयो ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक दाहालले भन्नुभयो, ‘फाइजर–बायोएनटेक खोप १२ वर्षदेखि माथिको जनसङ्ख्यालाई दिन मिल्ने भएकाले १२–१७ वर्षका व्यक्तिहरूलाई खोप दिइन्छ,यसको पहिलो मात्रा कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म तोकिएका दीर्घरोगीहरूका लागि र खोप बाँकी भएमा मङ्सिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीहरूलाई प्राथमिकतामा राखी १२–१७ उमेर समूहका व्यक्तिहरूलाई लगाइनेछ । खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मङ्सिर २७ देखि पुस २ गतेसम्म दिइनेछ । यो खोप मुटुको बिरामी भइ अप्रेशन गरेका वा औषधि प्रयोग गरिरहेका, मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलासिस गराइरहेका, औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यानसरको पहिचान भइ उपचारमा रहेका, फोक्सोको समस्या भइ चिकित्सकको पुर्जा बमोजिम औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भइ चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका र मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग (पक्षघात, एन्युरिजम, रक्तनलीमा भएका विकृति) आदि समस्या भएका दीर्घरोगीहरूलाई लगाइन्छ ।’
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले यस खोपको माग धेरै भए पनि दीर्घरोगीहरट्लाठई नै दिइने बताउनुभयो । उहाँले नेपालमा पनि अल्ट्रा पोल्ट खोप सञ्चालन गर्न सकिन्छ भनेर देखाउने अवसर भएको बताउनुभयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले कोरोनाविरुद्धको खोप लगाएपछि मानिसहरू एक किसिमले कवचधारी बन्ने बताउनुभयो । उहाँले कोरोना भाइरसको जोखिम कायमै रहेकाले मास्क, सामाजिक दुरी र सरसफाइलाई ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
खोप दीर्घ रोग भएका तथा उपचार गराइरहेको पुर्जा, उमेर खुल्ने प्रमाणपत्र देखाएपछि लगाउन पाइनेछ । यो खोप कोरोनाविरुद्धको अन्य खोप लगाएका, १२ वर्षभन्दा कम उमेरका, पहिलो मात्रा लगाएपछि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएका व्यक्तिहरूले लगाउन नहुने महाशाखाले जनाएको छ ।
खाेप कुन–कुन अस्पतालमा लगाइन्छ ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।