अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको डढेलो तीव्र गतिमा फैलिँदै
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – वायु प्रदूषण अत्यधिक बढेपछि भारतको सुप्रिम काेर्ट (सर्वोच्च अदालत) ले केन्द्रीय राजधानी दिल्लीमा घरबाटै काम गर्ने व्यवस्था लागू गर्न आदेश दिएको छ ।
दीपावलीको आसपासबाट बढेको वायु प्रदूषणको असर बढ्दै गएपछि सर्वोच्च अदालतले 'वर्क फर्म होम' अर्थात् घरबाटै काम गर्ने व्यवस्था लागू गर्न दिल्ली सरकारलाई आदेश दिएको हो । गएको वर्ष वायु प्रदूषण बढ्दा र कोरोना महामारीको बेला पनि दिल्लीमा 'वर्क फर्म होम' लागू भएको थियो ।
केन्द्रीय राजधानी दिल्लीमा बढेको वायु प्रदूषणको मुद्दामा आज साेमवार सुनुवाइ गर्दै भारतीय सुप्रिम कोर्टले दिल्ली, पञ्जाब, उत्तर प्रदेश र हरियाणा राज्यका अधिकारीहरूलाई संयुक्त बैठक बसेर प्रदूषण घटाउने विधि लागू गर्न पनि भनेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । विभिन्न राज्यमा पराल जलाउनु, उद्योग, सवारी साधन र धुलोका कारण वायु प्रदूषण बढेको सरकारी अधिकारीहरू बताउँछन् ।
दिल्ली सरकारले प्रदूषण नियन्त्रणका लागि लकडाउन गर्न तयार रहेको भन्दै यसमा राष्ट्रिय राजधानीमा समेटिएका हरियाणा, उत्तर प्रदेश र राजस्थानका जिल्लाहरूमा पनि लकडाउन आवश्यक रहेको बताएको छ ।
वायु प्रदूषण बढेपछि दिल्लीका विद्यालयहरू हिजो आइतवारदेखि नै बन्द गरेर अनलाइन कक्षा सुरु गरिएको छ । दिल्लीमा अहिले वायु गुणस्तर सूचक (एक्यूआई) दुई सय ४१ पुगेको छ । एक्यूआई दुई सयभन्दा माथि जानुलाई वातावरण अति अस्वस्थ भएको मानिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।