भारतको आन्ध्र प्रदेशमा बाढीमा परि कम्तीमा १५ जनाको ज्यान गयो, सयाैँ बेपत्ता

 मंसिर ४, २०७८ शनिबार १५:१३:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको आन्ध्र प्रदेशमा  दुई दिन देखिकाे निरन्तर वर्षाका कारण आएकाे बाढीमा परि कम्तीमा १५ जनाको ज्यान गएको छ । एक सय भन्दा बढी बाढीमा बेपत्ता भएका सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ । गएकाे दुई दिन भएको वर्षाका कारण ठूलो बाढी आएको र धेरै क्षति गरेको खोजी तथा उद्धार कार्यमा खटिएकाले बताएका छन् । 

बाढीले आन्ध्र प्रदेशका चित्तुर कडपा, कुर्नुल र अनन्तपुर जिल्लामा धेरै असर पारेको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी सहित उद्धारकर्मीहरु खटिएका छन् । हराएका एक सय जनामध्ये सबैजसो जीवित भेटिने सम्भावना कम रहेको पनि उद्धारमा सहभागीहरुले बताएका छन् । बेमौसममा परेको ठूलो वर्षाका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । 
 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया