जय ट्रफी एलिट कप क्रिकेटमा तेस्रो र चौथो खेल आजदेखि शुरू हुँदै
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – चीनले आफ्नो कडा कोभिड नीति जारी राखेका कारण शङ्घाईमा तीन जनामा काेराेना सङ्क्रमण देखिएपछि सयौँ उडान रद्द गरिनुका साथै केही विद्यालय पनि बन्द गरिएकाे छ ।
शङ्घाईबाट नजिकै पर्ने सहर सुझाउबाट फर्किएका तीन व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेको जनाइएको छ । हिजाे बिहीवार बेलुकी भएकाे पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले कोरोना सङ्क्रमण भएका यी तीन जनाले नै पूर्ण मात्रा खोप लगाएका जानकारी दिइएको छ ।
आज शुक्रवार शङ्घाईका दुई प्रमुख विमानस्थलबाट पाँच सयभन्दा बढी उडान रद्द गरिएकाे सम्बन्धित अधिकारीहरूले जानकारी दिएका छन् । बेइजिङले यात्रामा प्रतिबन्ध र कडा रूपमा गरिएका लकडाउनका कारण आफ्नो सिमानामा कोरोना भाइरसको सङ्क्रमण दर नियन्त्रण गर्न धेरै हदसम्म सफल भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।