जय ट्रफी एलिट कप क्रिकेटमा तेस्रो र चौथो खेल आजदेखि शुरू हुँदै
पुस २४, २०८१ बुधबार
काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वभरि नै कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन’ को सङ्क्रमण हुनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओले यो भेरियन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणाम निम्त्याउन सक्ने समेत चेतावनी दिएको छ ।
सङ्गठनका प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेब्रियसिस गरिब देशहरूमा खोप पठाउनका लागि पुनः आह्वान गर्नुभएको छ । यो महिनाको सुरुमा ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा पत्ता लागेको थियो । प्रारम्भिक प्रमाणका आधारमा यसको सङ्क्रमण जोखिम धेरै रहेको पाइएको छ ।
भेरियन्टबारे छिट्टै खबर गरिएको भनेर दक्षिण अफ्रिकाको प्रशंसा पनि गरिएको बीबीसीले जनाएको छ । डाक्टर टेड्रोसले विश्वभरका वैज्ञानिकले नयाँ भेरियन्ट उच्च सङ्क्रामक छ या छैन, पुनः सङ्क्रमण हुने खतरा कति छ र खोपले के कस्तो काम गर्छ भनेर पत्ता लगाउन अनुसन्धान भइरहेको बताउनुभएको छ ।
नयाँ भेरियन्टका कारण अहिलेसम्म ज्यान गएको भेटिएको छैन । नयाँ भेरियन्ट दक्षिण अफ्रिकासहित बेलायत, क्यानडा, पोर्चुगल, बेल्जियम र नेदरल्यान्डलगायत देशमा देखिइसकेको छ ।
नयाँ भेरियन्ट देखापरेपछि अमेरिका, बेलायत र युरोपेली सङ्घले दक्षिण अफ्रिकी देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएकोमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले आलोचना गर्नुभएको छ । इजरायल, जापान र अस्ट्रेलियाले पनि सीमामा कडाइ गरेका छन् ।
अस्ट्रेलिया जान चाहने विदेशी विद्यार्थी र दक्ष कामदारका लागि आउँदो डिसेम्बर १५ तारिखसम्मका लागि पर सारिएको छ । बेलायतमा ओमिक्रोनको नयाँ लहरलाई रोक्न मद्दत पुगोस् भनेर १८ वर्षमाथिका सबैलाई कोभिडको बुस्टर खोप दिन लागिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्ना सबै नागरिकलाई बुस्टर खोप लगाउन भन्नुभएको छ । तर अमेरिकामा थप यात्रा प्रतिबन्ध लगाइने वा लकडाउन गर्नेबारे निर्णय भइसकेको छैन।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।