कञ्चनपुर र पर्वतमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गयो, ३४ जना घाइते

 मंसिर १८, २०७८ शनिबार ८:३६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कञ्चनपुर र पर्वतमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुई वटा दुर्घटनामा गरी ३४ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा हिजो बेलुका से १ त ३८४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका वडा नम्बर ९ पिपरैयाका ६५ वर्षीया द्रोपती राना, ३३ वर्षीया रतन कुमारी राना र ५५ वर्षीया रानी रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनामा अरु ११ जना घाइते भएका छन् । घाइते सबैको धनगढीमा उपचार भइरहेको छ । 

यस्तै मध्यपहाडी लोकमार्गको कुश्मा–बाग्लुङ खण्डमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुरका १८ वर्षका विशाल विक रहेका छन् । अरु २३ जना घाइते भएका छन् ।

पर्वतको कुश्मा नगरपालिका–८ परादीमा ग २ ख ००९८ नम्बरको बसले सडक निर्माणमा संलग्न मजदुर बोकेको को १ त ६४२७ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ५ जनाको पोखरा र १८ जनाको पर्वत अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया