शर्टमा टाँक लगाएर मासिक ७० हजार कमाइ
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – भारतकाे दिल्लीमा काेराेना भाइरसकाे नयाँ भेरियन्ट 'ओमिक्राेन' काे सङ्क्रमण देखिएकाे छ ।
दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार तान्जेनियाबाट दिल्ली फर्किएका ३७ वर्षीय व्यक्तिमा काेराेनाकाे नयाँ सङ्क्रमण देखिएकाे हाे । ती व्यक्तिकाे एलएनजेपी अस्पतालमा भइरहेकाे बताइएकाे छ ।
भारतमा याे ओमिक्राेन भेरियन्टका पाँचाैँ 'केस' हाे । यसअघि बेङ्गलाेर (कर्नाटक) मा दुई, मुम्बईमा एक र गुजरातमा ओमिक्राेन भेरियन्टकाे सङ्क्रमण पुष्टि भएकाे थियाे ।
अहिलेसम्म १७ जनामा काेभिड परीक्षण पाेजेटिभ पाइएकाे र उनीहरूलाई अस्पतालमा भर्ना गरिएकाे स्वास्थ्यमन्त्री जैनले बताउनुभयाे ।
गएकाे हप्ता दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ओमिक्राेन भेरियन्टलाई लिएर चिन्ता व्यक्त गर्दै प्रभावित देशमा यात्रा प्रतिबन्ध लगाउन प्रधानमन्त्री नरेन्द्र माेदीसँग अपिल गर्नुभएकाे थियाे ।
अहिलेसम्म विश्वका २३ देशमा ओमिक्राेनकाे सङ्क्रमण पुष्टि भइसकेकाे छ ।
नयाँ भेरियन्टका कारण बेलायत, युराेपेली सङ्घ, अमेरिका र क्यानडाजस्ता देशले दक्षिण अफ्रिकासहित केही अफ्रिकी देशबाट आउने उडानमा प्रतिबन्ध लगाएका छन् ।
गएकाे २६ नाेभेम्बरमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई 'ओमिक्राेन' नाम दिँदै याे नयाँ भेरियन्ट 'चिन्ताकाे विषय' भएकाे जनाएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।