भ्रष्टाचारका सबै काण्ड छानबिन गर्न र महँगी नियन्त्रण गर्न सरकारस...
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ महामारीले निम्त्याएकाे चुनौतीहरूको बाबजुद पनि भारत–रुस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन नआएको बताउनुभएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आज साेमवार वार्षिक शिखर बैठकमा आफ्नो उद्घाटन मन्तव्यका क्रममा प्रधानमन्त्री मोदीले दुई देशबीचको (विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी) अझै बलियो हुँदै गइरहेको टिप्पणी गर्नुभएको छ।
‘कोभिड–१९ द्वारा उत्पन्न चुनौतीहरूको बाबजुद भारत–रूस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन आएको छैन । हाम्रो विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी अझै बलियो हुँदै गइरहेको छ’, उहाँले भन्नुभयो ।
यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वका शक्ति राष्ट्रहरूबीच नयाँ समीकरण बनेको र यसमा भारत–रुसको सम्बन्ध बलियो भएको बताउनुभएको छ । भारत भ्रमणमा रहनुभएका रुसी राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा भारत एक महान् शक्ति र परिचित मित्र भएको भन्दै बदलिँदो विश्व समीकरणमा दुई देशबीचको सम्बन्ध अझ बलियो हुने बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।
भेटमा प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीदेखि अरू अवसरहरूमा रुसी सहयोगको प्रशंसा गर्नुभएको छ ।
यसैबीच भारत र रुसबीच एउटा रक्षा सम्झौता भएको छ । आज दिल्लीमा भएको दुवै देशका रक्षा र विदेशमन्त्रीको वार्तामा भएको सम्झौताअनुसार रुसले भारतीय सेनाका लागि एके–२०३ राइफल उत्पादन गर्नेछ । रुसी कम्पनीले भारतको उत्तर प्रदेशमा रहेको अमेठीमा राइफलको उत्पादन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै सम्झौतामा सन् २०३१ सम्म सैन्य सहायता आदानप्रदान गर्ने सम्बन्धी सहमति पनि उल्लेख रहेको छ । सम्झौतमा दुवै देशका रक्षा र विदेशमन्त्रीहरूले हस्ताक्षर गरेका छन् ।
२१ औँ भारत–रुस वार्षिक शिखर सम्मेलन दिल्लीकाे हैदराबाद हाउसमा हुँदैछ।
सन् २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि दुई नेताबीचको यो पहिलो प्रत्यक्ष भेट हो।
रुसी नेताको यो भ्रमण भारत र रुसमा हुने वार्षिक शिखर सम्मेलनको परम्पराको निरन्तरता हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।