जय ट्रफी एलिट कप क्रिकेटमा तेस्रो र चौथो खेल आजदेखि शुरू हुँदै
पुस २४, २०८१ बुधबार
काठमाण्डाै - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । खानले पाकिस्तानमा सम्भावित मानवीय सङ्कट पैदा हुन नदिन अन्तर्राष्ट्रिय समुदाय समक्ष सहयाेगकाे अपिल गर्नुभएकाे हाे ।
उहाँले भन्नुभएको छ – 'अफगानिस्तानलाई समयमै सहयोग उपलब्ध गराउन नसके त्यहाँ मानवीय सङ्कट पैदा हुनेछ ।‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’को एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनु भएकाे बीबीसी हिन्दीमा उल्लेख छ ।
उहाँले अहिले पनि अफगानिस्तानमा ठूलो सङ्कट परेको र यसलाई समयमै समाधानको उपाय नखोज्ने हो भने यसबाट समस्या पनि उत्पन्न हुन सक्ने बताउनुभएको छ । गएको अगष्ट १५ सम्म पनि अफगानिस्तानको करिब आधा जनसङ्ख्या गरिबीमा रहेको र त्यस समयमै यहाँका करिब ७५ प्रतिशत बजेट वैदेशिक सहयोगमा निर्भर रहेको भन्दै उहाँले आउँदाे दिनहरु अफगानिस्तानका लागि निकै कष्टकर हुनसक्ने बताउनुभएको छ ।
उहाँले तालिबानकाे शासन सुरु भएपछि अफगानिस्तानकाे अवस्था झन् नाजुक बन्दै गएको बताउनु भयाे । अहिले वैदेशिक सहायताको रकम पनि उपलब्ध हुन नसकेको भन्दै उहाँले वैदेशिक सहायताका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराउनुभएको छ ।
उहाँले अफगानिस्तानको अवस्थाको सुधारका लागि विदेशी दाता राष्ट्र र देशले सहयोग गर्नुपर्ने भन्दै सबैको ध्यानाकर्षण गराउनुभएको हो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।