बिमस्टेकको चौथो सम्मेलन काठमाडौंमा हुने

 जेठ २०, २०७५ आइतबार १६:२६:३६ | उज्यालो सहकर्मी

काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको आइतबार बसेको बैठकले बिमस्टेकको चौंथो शिखर सम्मेलन काठमाडौंमा गर्ने औपचारिक निर्णय गरेको हो । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले शिखर सम्मेलनको मिति आउँदो भदौ १४ र १५ गते अथवा २१ र २२ गते राख्ने प्रस्ताव सदस्य राष्ट्रहरुसँग गर्ने निर्णय पनि गरेको छ ।

शिखर सम्मेलनको आवश्यक तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

सरकारले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, अध्यागमन कार्यालय तथा कारगार कार्यालयहरुको संगठन संरचना तथा दरबन्दी पनि स्विकृत गरेको छ । प्रशासनको कामलाई सहज ढंगले सम्पन्न गर्न प्रशासन, अध्यागमन र कारगार कार्यालयमा संगठन संरचना र दरबन्दी मिलानसम्बन्धी प्रस्ताव स्वीकृत गरिएको मन्त्री बास्कोटाले बताउनुभयो । मन्त्रिपरिषद बैठकले काठमाडौं–तराई प्रदेश मार्ग सडक आयोजना सञ्चालन कार्यविधि, २०७५ लाई पनि स्वीकृत गरेको छ ।

त्यसैगरी सरकारले प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकलाई संसदमा पेश गर्ने प्रस्ताव पनि स्विकृत गरेको छ । प्रवक्ता बास्कोटाले कृषि जैविक विविधता संरक्षण तथा सदुपयोगसम्बन्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरिएको बताउनुभयो ।

सरकारले विद्यार्थी भर्ना अभियान अन्तरगत अझै ५९ हजार विद्यार्थीहरु विद्यालय नगएको पाइएको उल्लेख गर्दै उनीहरुलाई पनि विद्यालय ल्याउन दोस्रो चरणको भर्ना अभियान संचालन गर्ने निर्णय गरेको छ ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया