अष्ट्रेलियामा कोरोनाबाट एकै दिन अहिलेसम्मकै धेरै मानिसको ज्यान गयो

 माघ ४, २०७८ मंगलबार १४:४६:७ | एजेन्सी
unn.prixa.net

अष्ट्रेलियामा कोरोना भाइरसको सङक्रमणबाट २४ घण्टामै ७४ जनाको ज्यान गएको छ ।

कोरोना महामारी शुरु भएपछि अष्ट्रेलियामा कोरोनाबाट ज्यान गुमाउने यो अहिलेसम्मकै सबैभन्दा धेरै रहेको स्वास्थ्य अधिकारीलाई उदृत गरी समाचार संस्था सिन्ह्वाले जनाएको छ । ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी न्यु साउथ वेल्सका ३६ जना रहेका छन् । यस्तै भिक्टोरियामा २२ जना र क्वीन्स्ल्याण्डमा १६ जनाको ज्यान गएको छ ।

ती राज्यहरुमा पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको संख्या पनि बढेको छ । यस्तै अष्ट्रेलियामा अस्पताल भर्ना हुने कोरोना सङक्रमितको संख्या पनि बढेको छ । 
 

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया