फेसबुकमा रुसविरुद्ध बोल्ने अनुमति

 फागुन २७, २०७८ शुक्रबार १४:३४:२३ | एजेन्सी
unn.prixa.net

साेसल नेटवर्किङ साइट फेसबुकले ‘रुसी आक्रमणकारीहरू’ को विरुद्ध हिंसात्मक भाषणलाई अनुमति दिने नियम ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फेसबुकको नियमअनुसार कुनै पनि प्रकारको गाली, हिंसात्मक भाषण या आपत्तिजनक भाषणलाई अनुमति हुँदैन । फेसबुकमा यी सबै कुरा प्रतिबन्धित छ तर युक्रेनलाई समर्थन गर्न फेसबुकले यसबारेमा केही खुकुलो गरेको हो । अब प्रयाेगकर्ताहरूले युक्रेनमाथिकाे आक्रमणलाई लिएर रुसको विरुद्ध बोल्न सक्ने र उसकाे विरोध जनाउन सक्नेछन् । 

यसअघि फेसबुकले रुसमा विभिन्न विषयमा कडाइ गरेको थियो । त्यसपछि रुसले फेसबुकमाथि कडा कारबाही गर्दै आफ्नो देशमा फेसबुकमाथि पूर्णरूपमा प्रतिबन्ध लगाएको थियो । रुसको सेन्सरशिप एजेन्सी रोसकोम्नाडजोरले फेसबुकमाथि रुसी मिडियालाई भेदभाव गरेको आरोप लगाएको थियो । 

युक्रेनमाथि आक्रमण सुरु गरेयता रुसमाथि विश्वका विभिन्न देश र कम्पनीहरूले दबाब दिइरहेका छन् । अमेरिका र उसका सहयोगी देशहरूले रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाइसकेका छन् । यस्तै ठूला कम्पनीहरूले रुसमा आफ्नो कारोबार बन्द गरेका छन् । यी कम्पनीहरूले युक्रेनलाई समर्थन गर्न पहल गरिरहेका छन् । 

यस्तै अर्काे साेसल नेटवर्किङ साइट इन्स्टाग्राममा पनि रुसविरु्द्ध हिंसात्मक भाषणलाई अनुमति दिइएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया