जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो
मंसिर २७, २०८१ बिहिबार
बारा – बाराको सिम्रौनगढ नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले जित हात पारेको छ । नगर प्रमुखमा लोसपाका उम्मेदवार किशोरीप्रसाद कलवार र उपप्रमुखमा नजमु शेहर निर्वाचित हुनु भएको हो ।
लोसपका किशोरी प्रसादले ११ हजार एक सय ३७ मत ल्याएर नगर प्रमुखमा निर्वाचित हुनु भएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयशंकर यादवले नौ हजार तीन सय ११ मत प्राप्त गर्नु भयो ।
यस्तै उपप्रमुखमा लोसपाकी शेहरले नौ हजार पाँच सय ७३ मत ल्याएर विजयी हुनु भएको हो । उहाँकी प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार रिमा देवीले आठ हजार ५० मत प्राप्त गर्नु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।