काठमाण्डाैबाट मुम्बई जान लागेकाे विमानबाट पक्राउ परेका व्यक्ति सुन व्यवसायी

 साउन १८, २०७९ बुधबार १७:५५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौबाट भारतको मुम्बई जान लागेको नेपाल एअरलाइन्सको विमानबाट पक्राउ परेका व्यक्ति सुन व्यवसायी भएकाे खुलेकाे छ । ती व्यक्ति कैलालीमा सुन व्यवसाय गर्ने सन्ताेष लामिछाने रहेकाे उहाँकाे काराेबारमा शङ्का लागेर पक्राउ गरी अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।    

लामिछानेसँगै रहेकी उहाँकी श्रीमतीमाथि पनि अनुसन्धान गरिरहेकाे र बाँकी रहेका सबै यात्रुलाई गन्तव्यमा पठाइएकाे पनि प्रहरीले जानकारी दिएकाे छ । 

आज दिउँसाे काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट मुम्बई जान लागेको विमानमा शङ्कास्पद व्यक्ति रहेको सूचना आएपछि प्रहरीले सबै यात्रुलाई ओरालेर जाँच गरेकाे थियाे । जाँचका क्रममा दुई जना शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हाे ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार दिउँसो १ बजेर १० मिनेटमा मुम्बई उड्न लागेका विमानमा शङ्कास्पद व्यक्ति रहेकाे भन्ने सूचनापछि याे विमान दुई घण्टापछि अर्थात् दिउँसो ३ बजेर १० मिनेटमा मुम्बई उडेको हाे । उडान भर्न लागेको विमानमात्रै डिले भएको अन्य उडानमा कुनै अवरोध नभएको महाप्रबन्धक ठाकुरले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया