गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री खान डिस्चार्ज

 कात्तिक २१, २०७९ सोमबार ६:२८:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : द इन्डियन एक्सप्रेस

गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गएको बिहीवार खानलाई खुट्टामा गोली लागेको थियो ।

यो गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाउनु भएको छ । उहाँ हिजो अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । गएको अप्रिलमा खान सत्ताच्युत भएदेखि नै पाकिस्तानमा राजनीतिक सङ्कट चुलिएको छ।

पाकिस्तान सरकारले टेलिभिजन च्यानलमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ । पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान खानको भाषण प्रसारण गर्न रोक लगाएको हो ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया