अायल निगमका कार्यकारी निर्देशक गोपाल खड्काद्वारा राजीनामा (भिडियाे)

 जेठ २४, २०७५ बिहीबार १२:४२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिनुभएको छ । 

निगमका लागि जग्गा खरिद गर्ने क्रममा भ्रष्टाचारमा संलग्न भएको भन्दै मन्त्रालयमा तानिएका खड्काले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गर्नुभएको हो । 

उहाँले निगमलाई मार्गप्रशस्त गर्न राजीनामा दिएको बताउनुभयो । उहाँको कार्यकाल अझै ६ महिना बाँकी थियो । 

उहाँले बिना जिम्मेवारी नौ महिनासम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थन्किएर बस्नु पर्दाको पीडा सैह्य नभएपछि पदबाट राजीनामा दिनु परेको पनि स्पष्ट पार्नुभयो । 

 

आयल निगमको कार्यकारी निर्देशकको साइन बोर्ड झुन्डयाएर बस्नुको कुनै अर्थ नरहेकाले आफूले राजीनामा दिनु परेको खड्काले स्पष्टिकरण दिनुभयाे  । कार्यकारी निर्देशक खड्काले आफू नेतृत्वमा रहँदा निगमलाई सहज ढंगले पेट्रोलियम पदार्थको आपूर्ति गर्न सक्ने बनाउने प्रयास गरेको दावी पनि गर्नुभयो । उहाँले निगममा पेट्रोलियम पदार्थको भण्डार क्षमता नहोस्, पेट्रोलियम पदार्थको अभाव देखाएर आफ्नो व्यापार, व्यवसाय फष्टाउने मन्सायका साथ आफूमाथि जग्गा खरिद प्रक्रियामा भ्रष्टाचार गरेको अभियोग लगाइएको दावी पनि गर्नुभयो ।

नेपाल आयल निगमको भण्डारण क्षमता विकासका सबै प्रदेशमा भण्डार केन्द्र स्थापना गर्नेक्रममा जग्गा खरिद गर्दा भ्रष्टाचार भएको भन्दै कार्यकारी निर्देशक खड्कालाई विगत नौं महिनायता बिना जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा झिकाइएको थियो । कार्यकारी निर्देशक खड्काले आफूले निगमको नेतृत्व गर्दा पेट्रोलियम पदार्थको मूल्य घटाएको, निगमलाई नाफामा लगेको जस्ता उपलब्धि हासिल गरिएको दावी गर्नुभयो ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया