मालपोतमा बिचौलियाको काम गरेको आरोपमा महोत्तरीबाट ५ जना पक्राउ

 माघ १८, २०७९ बुधबार १०:३६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

महाेत्तरी – भूमिसुधार तथा मालपोत कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा महोत्तरी प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मटिहानी नगरपालिका–९का ५२ वर्षीय अजिमउदिन अन्सारी, सोनमा गाउँपालिका–२ का ३५ वर्षीय रोशनकुमार यादव, जलेश्वर नगरपालिका–१ का ३० वर्षीय विक्रम चौधरी, औरही नगरपालिका–४ का ५४ वर्षीय सुरेश गोप तथा बलवा नगरपालिका–१० का ३८ वर्षीय अमितकुमार मल्लिक रहेको जिल्ला प्रहरी कार्यालयका महोत्तरीले जनाएको छ ।

उनीहरुले भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर अगाडि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई काम छिटो छरितो गराइदिन्छु भनि प्रलोभन देखाइ पैसा बार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया