अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको डढेलो तीव्र गतिमा फैलिँदै
पुस २४, २०८१ बुधबार
दाङ – मानव बेचबिखन तथा ओसार पसारको आरोपमा दाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १४ की ३९ वर्षीया टोपली सार्की र त्यही ठाउँकी ५२ वर्षीया बिमुसा सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घोराही उपमहानगरपालिका वडा नं १४ लखन पार्क नजिकै रहेको टोपली सार्कीले २० वर्षीया एक युवतीलाई भारतको चन्डीगढमा काम लगाई दिने र कमाई पनि राम्रो हुने भन्दै चन्डीगढको यौनजन्य कार्य हुने कोठीमा बेचेकाे प्रहरीले जनाएको छ ।
कोठी सञ्चालकसँग सार्कीले रकम बुझ्दा पीडित युवतीले आफू बेचिएको थाहा पाएकी थिइन् । यौन शोषण भइरहेकाे १२ दिनपछि गएको माघ २२ गते पीडित युवतीले आफ्नी आमालाई जानकारी दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय दाङमा युवती भारतमा बेचिएको उजुरी परेपछि विभिन्न संघ संस्थाको सहयोगमा युवतीको उद्धार गरेर गएको फागुन ४ गते पीडकहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत कसुरमा दाङ देउखुरी जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।